उडान ढिला वा रद्द गरे एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने, मृत्यु भए १ लाख डलरसम्म दायित्व

टिकटमा विवरण नखुलाउने, उडानको जानकारी समयमै नदिने वा तोकिएको क्षतिपूर्ति उपलब्ध नगराउने वायुसेवा कम्पनीलाई १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सकिनेछ।