शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घद्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारअन्तर्गत ‘मेरिट प्रमाणपत्र’ प्राप्त गरेको छ। यससाथै कम्पनी यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी बनेको छ, जसले नेपाली बिमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा एक महत्वपूर्ण पहिचान दिलाएको छ। यो सम्मान दक्षिण एसिया क्षेत्रमा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन र जबाफदेहिता जस्ता उत्कृष्ट […]