दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले स्थानीय त्रसित बनेका छन्। जिल्लाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा दिनहुुँ भालु भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। अघिल्लो महिना भालुको आक्रमणबाट वैतेश्वर गाउँपालिका–३ ठाडेमा एक जना पुरुषको मृत्यु भएको थियो। वैतेश्वर मिर्गेसगै सिमाना जोडिएको जिरी निगालेमा भने ४ जना घाइते भए। जिल्लाको गौरीशंकर गाउँपालिकाको […]