माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौँ। सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबैलाई फिर्ता बोलाइएको हो। सरकारले नेपाललाई १६ सशस्त्र र २ जना जनपथ प्रहरी सुरक्षामा खटाएको थियो। पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाकर्मी फिर्ता गरिएको हो। पतञ्जली जग्गा हिनामिना प्रकरणमा […]