जागरण अभियान स्वाधीनता, महाधिवेशन र निर्वाचनको लागि : नारायणकाजी श्रेष्ठ
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबारदेखि अभियान सुरु भएको घोषणा गर्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान तथा लोकतन्त्रको रक्षा, सुशासन र जनजीविकाका मुद्दालाई पहिलो प्राथमिकतामा राखिएको बताए।