१३ नेपालीको हत्या सहित एक दर्जनभन्दा बढी घटनामा संलग्नलाई अमेरिकामा २० वर्ष जेल

अफगान नागरिक मोहम्मद सरिफुल्लाहलाई आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराउने करिब १० वर्ष लामो षड्यन्त्रमा संलग्न भएको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ। उनीमाथि इस्लामिक स्टेट अफ इराक एन्ड अल–शाम–खोरासान प्रोभिन्स (आईसीस–के) का सदस्य रहेको अभियोग लगाइएको थियो। अमेरिकी न्याय मन्त्रालयका अनुसार सरिफुल्लाहले २०१६ देखि २०२५ मा पक्राउ पर्नुअघिसम्म आईसीस–केका एक दर्जनभन्दा […]