लमजुङ । कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले बिउँझाउथ्यो । झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण […]