काठमाडौँ । नेपाल प्रहरीले पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका भट्टराईलाई पर्सा सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछिको घटनाक्रमका बीच एसपी पाठकसँग सम्बन्धित भिडियो सार्वजनिक भएको थियो। त्यसपछि चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाबारे […]