काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ आयोजना गरेको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार दिउँसो टोखा महोत्सव आयोजना गरिएको हो । कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामूहिक धान रोपाइँ, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन तथा धान उत्पादनमा आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ […]