सानफ्रान्सिस्कोको आप्रवासन अदालत अचानक बन्द, हजारौंको मुद्दा अन्योलमा

निर्धारित समयभन्दा आठ महिना अगावै संघीय सरकारले सनफ्रान्सिस्कोको १०० मन्टगोमेरी स्ट्रिटमा रहेको आप्रवासन अदालत स्थायी रूपमा बन्द गरेको छ । यस कदमले हजारौं आप्रवासीहरूको मुद्दालाई अन्योलमा पारेको छ भने अधिकारकर्मीहरूले यसबाट थप ढिलाइ र अन्योल बढ्ने चेतावनी दिएका छन् । अदालत सञ्चालनको अन्तिम समयमा सेवाका लागि लाइनमा केवल एक जना मात्र बाँकी रहेका थिए । […]