विपक्षी दलको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफलका लागि प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलले बुधबारको संसद् अवरुद्ध गरेका थिए । […]