तर यो तस्वीर बदल्न सकिन्छ। र त्यसको सुरुवात हामी आफैंबाट हुनुपर्छ। महोत्तरी जिल्लाबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुगेको छ। रोबोटिक हिस्टेरेक्टोमी गर्ने पहिलो नेपाली स्त्री रोग विशेषज्ञ तथा स्त्रीरोग क्यान्सर सर्जन बन्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। तर त्यो उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब यसको लाभ आफ्नै देशका सेवाग्राहीहरूले पाउँछन्।