प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू प्रतिबद्धतापत्र, संकल्पपत्रलगायतका जे नाममा भए पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन्। तर, के उनीहरूका घोषणापत्रका मूल बुँदामा नेपालमा रहेका बौद्ध सम्पदा क्षेत्रको विकासका विषय अटाउँछन् या फेरि पनि यी मुद्दा पाद टिप्पणीमै सीमित हुन्छन्? चासो स्वाभाविक छ। नेपालले सजिलै अन्तर्राष्ट्रिय आकर्षण हासिल गर्ने ठाउँ भनेकै गौतम बुद्धको […]