काठमाडौं– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।