सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा (साउनदेखि पुससम्म) यहाँ भएका सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ३० जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् । […]