काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेल अवधिभर बर्नलीविरुद्ध हाबी देखिएको चेल्सीले २-० को जित निकालेको हो। पहिलो हाफमा चेल्सीका लागि ३७ औं मिनेटमा पेड्रो नेटोले गोल गरेका थिए। दोस्रो हाफको अन्तिम समयमा ८८ औं मिनेटमा एन्जो फर्नान्डेजको गोलमा चेल्सीले अग्रता दोब्बर बनाएको हो। […]