प्राकृतिक सौन्दर्य र पर्यटनको पर्याय नाम–ठाम बनिसकेको मुस्ताङमा यतिबेला ट्राफिक जाम छ। भाइटीकाको भोलिपल्ट रेकर्ड नै बन्ने गरी झन्डै सात हजार पर्यटक पुग्दा घाँसा, मार्फा, जोमसोमदेखि मुक्तिनाथ क्षेत्रसम्मका सडक सवारीसाधनले खचाखच देखिए, पर्यटकलाई होटल पाउन हम्मेहम्मे पर्यो। हरेक वर्ष बढिरहेको मुस्ताङ क्रेजको उदाहरण हो यो। एकैदिन मुस्ताङ पुग्ने सात हजार पर्यटकमध्ये ६ हजार ५०० सय […]