विद्यार्थी सङ्गठन नेताका ‘गार्ड’जस्ता भए

२००७ सालपछि देशमा भएका हरेक क्रान्तिकारी परिवर्तनमा विद्यार्थी नेतृत्व अग्रपङ्तिमै देखिए । देशको शासन प्रणाली, राजनीतिक तथा सामाजिक विकृतिमा उनीहरूले दलभन्दा पहिले डटेरै खबरदारी गर्दै आएको इतिहासलाई नकार्न सकिँदैन । ती नेतृत्वकर्ता आज राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसम्मको ओहोदामा पुगिसकेको सर्वविदितै छ । तर उनीहरू जनताको मनोभावना अनुरूप देशको अवस्था बदल्ने दौडमा भने सफल हुन सकेनन् । […]