लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्। सुप्रिम इलेक्टोरल कोर्टले सार्वजनिक गरेको नतिजाअनुसार ९९.८ प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन्। […]