दिल्लीमा बायु प्रदुषण फेरि खतरनाक अवस्थामा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बुधवार दिल्लीको एअर क्वालिटी इन्डेक्स एक्यूआई ३ सय ७६ माथि अर्थात निकै खराब अवस्थामा पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । सीपीसीबीका अनुसार दिल्लीका धेरै स्थानमा एक्यूआई ४ सय भन्दा माथि पुगेको छ […]