‘चाडपर्वका लागि आठ हजार पाँच सय मेट्रिक टन चिनी आयात गरिँदै छ’ : सचिव दुवाडी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वमा चिनीको आपूर्ति सहज बनाउन आठ हजार पाँच सय मेट्रिक टन चिनी तत्काल आयात गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आगामी मङ्सिरसम्मको माग धान्ने गरी चिनी आयात प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। […]