आयोजना निर्देशनालय अनामनगरमा अख्तियारको छापा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना निर्देशनालय कार्यालय अनामनगरमा छापा मारेको छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार गर्दा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले कार्यालयमा मंगलबार छापा मारेको हो। अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोजनाको स्टोर शाखाबाट कागजातहरू जफत गरिएको छ। “पाइपलाइन विस्तारमा अनियमितता भएको गुनासो आएपछि छापा मारिएको हो, स्टोर शाखाबाट कागजात ल्याइएको […]