काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरी राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान करिब ८:२५ बजे बागमती प्रदेश ०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखिएको बागमती प्रदेश ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय माइक्रो भ्यानलाई ठक्कर दिएको थियो। […]