काठमाडौँ । काँग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीन दिने पूर्व तयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा उक्त टोलीको औपचारिक घोषणा गरिएको हो। पहिलो चरणमा सम्पन्न यस प्रशिक्षणमा सहभागी ४० जना युवाहरू टोलीमा आबद्ध भएका छन्। […]