पद्यकुमार मैनाली सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।