दृष्टिविहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार खेलाडी र अफिसियल समेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिनुभएको हो। नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भएकाे बताउदै उहाँले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै […]