१८+ हेल्थ : के हरेक दिन योनि स्राव हुनु सामान्य हो?

योनि स्रावको रङ, गन्ध, मात्रा वा बनावटमा अचानक परिवर्तन देखिएमा ध्यान दिनुपर्छ। स्राव पहेँलो, हरियो वा खरानी रङको हुनु, दुर्गन्ध आउनु, योनि चिलाउनु वा पोल्नु, पिसाब गर्दा दुख्नु अथवा तल्लो पेट दुख्नु संक्रमण वा अन्य स्वास्थ्य समस्याका सङ्केत हुन सक्छन्। यस्तो अवस्थामा स्वास्थ्यकर्मीसँग परामर्श लिनु उचित हुन्छ। स्रावको स्वरूपका आधारमा मात्रै संक्रमण भएको निष्कर्ष निकाल्न भने सकिँदैन।