नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा चार वटा संघर्षका कार्यक्रम तय गरेको छ। आज पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले जनसमुदाय, नागरिक समाजलाई साथ लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। प्रत्येक जिल्ला सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनका तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको सचिव महेश बस्नेतले बताए। […]