वीर अस्पताल र ट्रमा सेन्टरको नियुक्ति प्रक्रिया कानुनविपरीत भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं– वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न चिकित्सकीय पदमा गरिएको नियुक्ति प्रक्रिया कानुनविपरीत भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डा.अमित झाद्वारा आयोगमा दर्ता गरिएको उजुरीमा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल अफिसर, कन्सल्ट्यान्टलगायतका पदमा नियुक्ति गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी, खुला प्रतिस्पर्धा नगराई तथा सार्वजनिक सूचना प्रकाशन नगरी […]