ग्लोबल आइएमईद्वारा विदेशमा रहेका नेपालीलाई ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ। बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभाग सञ्चालनमा ल्याएको जनाएको छ। बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक उद्घाटन गरेका हुन्। […]