सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै चितवन-२ बाट नेपाली कांग्रेसकी उमेदवार मीना खरेललाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम लामो समयदेखि फिर्ता नपाएको गुनासो गर्दै तत्काल प्रभावकारी पहल गरिदिन पीडितहरूले आग्रह गरेका छन् । उनीहरूले १३ बुँदे माग पेस गरेका छन् । सहकारी व्यवस्थापन तथा […]