१९८० को दशकमा सोभियत संघलाई गोप्य सूचना बेच्ने पूर्व सीआईए एजेन्ट एम्सको कारागारमै मृत्यु

अमेरिकाको केन्द्रीय गुप्तचर संस्था (सीआईए) का पूर्व अधिकारी तथा पछि रुसका लागि जासुसी गरेका एल्ड्रिच एम्सको मेरील्याण्डस्थित संघीय कारागारमा मृत्यु भएको छ। कारागार ब्युरो (बीओपी) का प्रवक्ताका अनुसार ८४ वर्षीय एम्सको कारागारमै मृत्यु भएको हो । बीओपीले सुरक्षा, संरक्षा र गोपनीयताका कारण मृत्युको कारण सार्वजनिक नगर्ने जनाएको छ। मृत्युको आधिकारिक कारण मेडिकल एक्जामिनरले निर्धारण गर्ने […]