चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा मनाङ जिल्ला प्रशासन कार्यालय देशभरकै उत्कृष्ट

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ। गृह मन्त्रालयले गरेको मूल्याङ्कनमा मनाङले उत्कृष्ट स्थान हासिल गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८ दशमलव ७५ अंक पाएको छ। यसरी ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थानमा पुगेको हो। ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष […]