काठमाडौँ। बिहानको पहिलो किरणसँगै नदी, पोखरी र जलाशयका किनारमा भेला भएका व्रतालुहरूले सूर्यको आराधना गर्दै यस वर्षको छठ पर्व सम्पन्न गरेका छन्। चार दिनसम्म चल्ने धार्मिक अनुष्ठानको अन्तिम दिन सोमबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य चढाएर पूजा विधि पूरा गरेका हुन्। छठको अन्तिम पूजाका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका जलाशय क्षेत्रमा बिहानैदेखि भक्तजनको […]