मदन पुरस्कार वीणा राजभण्डारीलाई, जगदम्बाश्री किरण खरेललाई

काठमाडौँ। मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी)लाई प्रदान गर्ने निर्णय गरेको छ। नेवार समुदायको परम्परागत ‘मुकुण्डोनाच’ अर्थात् नेवाः समुदायको परम्परागत ‘ख्वापाः प्याख’ सम्बन्धी कृतिका लागि राजभण्डारीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार सामुदायिक अभ्यासका रूपमा रहँदै आएको नाच परम्पराको सङ्कलन […]