काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्न आन्तरिक छलफल थालिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरा ढकाल लगायतका नेताहरूलाई काठमाडौँमा बोलाएर बालेनले गम्भीर छलफल गरेका हुन् । उनले झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था र मतदाताको मनोभावबारे आइतबार ३ घण्टा संवाद गरे । […]