काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालतले सुनाएको फैसला उच्च अदालत, पोखराले पनि सदर गरेको छ। न्यायाधीश अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको इजलासले कास्की जिल्ला अदालतले यसअघि तोकेको कैद तथा जरिवानालाई कायम राख्दै अधिकारीको पुनरावेदन अस्वीकार गरेको हो । यो मुद्दाको जड २०७९ पुस १८ गतेको घटनासँग जोडिएको […]