काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हाँस्यास्पद भनेर कटाक्ष गरेका छन् । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकमार्फत् आफूलाई स्पष्टीकरण सोधिएपछि खड्काले यस्तो बताएका हुन्। उनले आफूलाई स्पष्टीकरण सोध्ने समितिलाई नै अवैधानिक भनिदिएका छन् । उक्त समितिले हुँदै नभएको जिम्मेवारी देखाएर पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोपमा […]