काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रूपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने बताएका छन् । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित रसुवा बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध […]