भोटेकोशी नदीमा अचानक ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक ठूलो बाढी आएको छ। बिहान करिब सवा ९ बजेतिर आएको बाढीले स्याफ्रुबेँसीलगायतका बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि बाढीबाट मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आइसकेको छैन। बाढीको कारण पनि […]