दसैँमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले मंगलबार सरोकारवालासँग छलफल गर्ने भएको छ। विभागको सभाहलमा बिहान ११ बजे बैठक बोलाइएको हो। बुकिङ खुल्ने मिति भने बैठकअघि तय भएको छैन। छलफलमा प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आमन्त्रण […]