मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका सयौँ मालवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्। भारत तथा तराई–मधेशका विभिन्न जिल्लाबाट खाद्यान्नलगायतका सामग्री लिएर काठमाडौँ हिँडेका ट्रकहरू पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनका विभिन्न स्थानमा रोकिएका हुन्। नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक सवारीसाधनको लामो लाइन लागेको छ। सडक किनारमा […]