गाजामा हमासका वरिष्ठ अधिकारीलाई लक्षित गरी इजरायली सेनाको हवाई हमला

जेरुसेलम,१८ असोज  । इजरायली सेनाले गाजाको सहरमा हमासका वरिष्ठ अधिकारी अली अहमद अल–अमौदीलाई लक्षित गरी राति हवाई हमला गरेको पुष्टि गरेको छ। इजरायली सेनाले शनिबार सञ्चारमाध्यममा आएका विवरणको पुष्टि गर्दै अल–अमौदीलाई लक्षित गरेर हमला गरिएको जनाएको हो। यद्यपि, उक्त हमलामा अल–अमौदी घाइते भए वा मारिए भन्नेबारे तत्काल कुनै पुष्टि गरिएको छैन। सेनाका अनुसार घटनाको परिणामबारे […]