क्यान अब नियामकमा सीमित: विमानस्थल सञ्चालन र हवाई सेवाका लागि दुई छुट्टाछुट्टै संस्था !

सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यसहित ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । प्रस्तावित विधेयकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अहिलेको दोहोरो भूमिकालाई अन्त्य गर्दै नियमन र सेवा प्रवाहलाई कानुनी रूपमा अलग गर्ने व्यवस्था अघि सारेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले […]