काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ । मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान ललितपुरस्थित […]