कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन् । सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मंगलबार विरोध प्रदर्शनसहित मार्च पास गरेका हुन् । विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको […]