जेन–जी बलिदानीले जसरी नेपाली राजनीतिमा उलटपुलट ल्यायो, उसै गरी नेपालका महत्त्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त बनाइए। पाका नेताहरूले भुराभुरी सम्झेका पुस्ताबाट जुन किसिमको प्रहारको सामना गर्नुपर्यो, यो उनीहरूका लागि कल्पनातीत थियो। खरानीमाथि उभिएका राजनीतिक दलहरूका नेतृत्वले आफूलाई नसच्याए भविष्यमा उनीहरू आफैँ खरानीमा परिणत हुने स्पष्ट छ। दुई दिनको आन्दोलनमा देशले अकल्पनीय रूपमा ठूलो जनधनको क्षति बेहोर्नुपर्यो […]