इलाम, ३० कात्तिक । माङसेबुङ गाउँपालिकामा चार दिने नि:शुल्क आँखा परीक्षण (शिविर) आजबाट सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ७३औँ जन्मोत्सवको अवसरमा उक्त शिविर हुन गइरहेको हो । किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति, माङसेबुङ गाउँपालिकाका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चाल गरिएको हो । माङसेबुङ गाउँपालिका कार्यालयमा […]