काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपिएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए। आजदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ […]