१४ वर्षदेखि रोकिएको कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोड्ने तयारी

सबैभन्दा ठूलो परियोजना झापाको कन्काई पुलको ठेक्का तोड्ने तयारीमा छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लम्बाइको कन्काई पुल सन् २०१० (आ.व. २०६७/६८) मा निर्माण गर्न पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता गरिएको थियो।